प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा « Khabarhub

प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफको समीकरण पुरा भएको छ । शनिबार लिग चरणका खेलहरू सकिएसँगै प्लेअफको समीकरण पुरा भएको हो ।

जारी प्रतियोगितामा अब पहिलो क्वालिफायरमा विभागीय टिम एपीएफ र कोशी प्रदेश खेल्ने भएका छन् । सबै ७ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १४ अंकसहित शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा छनौट भएको छ भने कोशी प्रदेश ७ मध्ये ६ खेलमा जित हासिल गर्दै १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पहिलो क्वालिफायर खेल आइतबार हुँदै छ । यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउने छ । 

त्यस्तै प्रतियोगिताको इलिमिनेटरमा भने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश खेल्ने भएका छन् । सुदूरपश्चिम प्रदेश ७ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंकसहित तेस्रो स्थानमा रहेको छ भने बागमती प्रदेश ७ खेलमा ४ जित र २ हार सहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेर इलिमिनेटर खेल्ने भएको हो । इलिमिनेटरको खेल आइतबार हुँदै छ ।

यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायर खेल सोमबार हुने छ भने फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।  

प्रतियोगितामा भाग लिएका मधेश प्रदेश पाँचौं, लुम्बिनी प्रदेश छैटौँ, गण्डकी प्रदेश सातौँ र कर्णाली प्रदेश जितविहीन हुँदै आठौँ स्थानमा रहेर बाहिरिएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ५६ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको