उत्तरी भारत शीत लहरको चपेटामा | Khabarhub Khabarhub

उत्तरी भारत शीत लहरको चपेटामा


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- उत्तर भारतीय क्षेत्रमा चिसो बढ्दै गएको भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जनाएको छ । विभागले पञ्जाबको अधिकांश भागहरूमा ७–१० डिग्री सेल्सियसको दायरामा न्यूनतम तापमान रेकर्ड गरेको छ । राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीका अनुसार शनिबार बिहान दिल्ली, राजस्थान र मध्ये प्रदेशका लगाएतका क्षेत्रको तापक्रम ७–१० डिग्री सेल्सियसको बीचमा रहेको बताएको छ ।

कडा चिसोले उत्तर भारतको विशाल भागलाई चपेटामा परेको छ । बाक्लो कुहिरोले शहरहरू ढाकेको छ । स्थानीयहरू न्यानोको लागि आगोको वरिपरि झुम्मिरहेको दुश्य देखिन्छ । उत्तर प्रदेशको प्रयागराज, जयपुर, राजधानी लगायतका शहरहरू शनिबार बिहान शित लहरसंगै बाक्लो कुहिरो लागेको थियो ।

पञ्जाब, हरियाणा, दिल्ली, उत्तर प्रदेश, बिहार, उत्तर राजस्थान लगायतका क्षेत्रमा बिहानी समयमा बाक्लो कुहिरो भारतको मौसम विज्ञान विभाग (आईएमडी) द्वारा कैद गरिएको थियो । मौसम विभागले डिसेम्बर ३० देखि जनवरी दुई सम्म जम्मू–कश्मीर–गिलगिट–बाल्टिस्तान– हिमाचल प्रदेश, उत्तराखण्डमा अधिक कुहिरो लाग्ने सम्भावना उल्लेख गरेको छ ।

बाक्लो कुहिरोका कारण यात्रुहरूले पनि कठिनाइको सामना गर्नु परेको छ । धेरै उडान तथा रेलहरू कम दृश्यताका कारण ढिलो र परिवर्तन भएका छन् । स्रोतका अनुसार शनिबार बिहान ८ः३० बजेसम्म दिल्लीको आईजीआई एयरपोर्टमा मौसमको अवस्थाका कारण करिब ८० उडानहरू ढिलाइ भएको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ३९ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले