उत्तर कोरियाले फेरि गर्‍यो दुईवटा क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो दुईवटा क्षेप्यास्त्र परीक्षण


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुईवटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै त्यहाँको समाचारसंस्था योन्हापले जनाए अनुसार बुधबार विहान उक्त परीक्षण गरिएको हो ।

सैनिक अधिकारीलाई उद्धृत गरिएको उक्त संस्थाको समाचारमा होदो प्राय:द्वीपबाट स्थानीय समयानुसार बुधवार बिहान उक्त प्रहार गरिएको उल्लेख छ। उत्तर कोरियाले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

जापानका रक्षामन्त्रीले कुनै प्रकारको क्षेप्यास्त्र आफ्नो भूभागसम्म नपुगेको बताएका छन्। गत साता उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो।

इस्ट सी पनि भनिने सी अफ जापानमा खस्नुअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दुरी पार गरेको समाचारमा जनाइएको थियो। गत साता गरिएको भनिएको क्षेप्यास्त्र प्रहार उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनामा भएको भेटपछि पहिलो पटक गरिएको हो।

दुई कोरियालाई छुट्ट्याउने गैरसैनिक क्षेत्रमा विनापूर्वयोजना भएको भेटमा दुवै नेता पारमाणविक निरस्त्रीकरणसम्बन्धी वार्ता पुन: गर्न सहमत भएका थिए। त्यो भेट प्योङ्याङले एउटा वार्षिक कार्यक्रमअन्तर्गत दक्षिण कोरिया र अमेरिकाबीच गर्ने योजना बनाइएको सैन्य अभ्यासलाई लिएर आक्रोश व्यक्त गरेपछि भएको हो। त्यो अभ्यास स्थगित गर्न दुवैले अस्वीकार गरेका छन्।

अभ्यासका कारण वार्ता पुन: गर्ने कुरा प्रभावित हुन सक्ने उत्तर कोरियाले चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जुलाईमा उक्त अभ्यास हुन सक्ने बताएका थिए । अमेरिका र उत्तर कोरियाका अधिकारीहरूबीच थप औपचारिक वार्ता भएको छैन।

गत वर्ष नेता किमले उत्तर कोरियाले पारमाणविक परीक्षण रोक्ने र अन्तरमहाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र प्रहार नगर्ने बताएका थिए।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ११ : ४९ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै