नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै « Khabarhub

नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न तथा भोलि (पौष १६) को राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष  पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पुस १२ गतेदेखि बसेको बैठकले राष्ट्रियसभामा उम्मेदवार छनोटमा मापदण्ड तय गरेको थियो । जसमा अवसरबाट वञ्चित र प्रतिष्ठितलाई समेट्ने तथा समावेशी प्रतिनिधित्व गराउने निर्णय भएको छ ।

बैठकले सरकारलाई काममा सुधार आवश्यक रहेको निष्कर्षसहित सुशासन र जनअपेक्षाअनुसार काम गर्न सुझाव समेत दिएको छ । यस्तै, भ्रातृ संस्थाहरूको ६ महिना म्याद थप गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गराउने निर्देशन थिएको छ ।

महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरमा गर्ने निर्णय अनुमोदन, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२ सम्म सञ्चालन गर्ने निर्णय समेत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ३७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण