इंग्लिस प्रिमियर लिग : बर्नलीसँग एस्टन भिल्लाको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीसँग एस्टन भिल्लाको रोमाञ्चक जित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले बर्नलीलाई हराएको छ । गएराति भएको खेलमा बर्नलीलाई ३–२ गोलले हराउँदै भिल्लाले रोमाञ्चक जित निकालेको हो ।

भिल्लाका लागि लियोन बेली, मुसा डायबी र डगलस लुइजले एक–एक गोल गरेका थिए । यस्तै, बर्नलीका जेकी आमदौनी र लिल फोस्टरले एक–एक गोल फर्काएका थिए ।

खेलको २८औँ मिनेटमा भिल्लाका बेलीले सुरुवाती गोल गरेका थिए भने ३०औँ मिनेटमा बर्नलीका जेकीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि भिल्लाका मुसाले ४२औँ मिनेटमा गोल गर्दै खेललाई २–१ गोलले अगाडि बढाएका पनि ७१औँ मिनेटमा बर्नलीका लिलले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए ।

तर, खेल सकिन एक मिनेट बाँकी रहँदा भिल्लाका लुइजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै एस्टन भिल्ला २० खेलबाट ४२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित शीर्षस्थानमा छ । पराजित भएको बर्नली ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ३७ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा