इंग्लिस प्रिमियर लिग : बर्नलीसँग एस्टन भिल्लाको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीसँग एस्टन भिल्लाको रोमाञ्चक जित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले बर्नलीलाई हराएको छ । गएराति भएको खेलमा बर्नलीलाई ३–२ गोलले हराउँदै भिल्लाले रोमाञ्चक जित निकालेको हो ।

भिल्लाका लागि लियोन बेली, मुसा डायबी र डगलस लुइजले एक–एक गोल गरेका थिए । यस्तै, बर्नलीका जेकी आमदौनी र लिल फोस्टरले एक–एक गोल फर्काएका थिए ।

खेलको २८औँ मिनेटमा भिल्लाका बेलीले सुरुवाती गोल गरेका थिए भने ३०औँ मिनेटमा बर्नलीका जेकीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि भिल्लाका मुसाले ४२औँ मिनेटमा गोल गर्दै खेललाई २–१ गोलले अगाडि बढाएका पनि ७१औँ मिनेटमा बर्नलीका लिलले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए ।

तर, खेल सकिन एक मिनेट बाँकी रहँदा भिल्लाका लुइजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै एस्टन भिल्ला २० खेलबाट ४२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित शीर्षस्थानमा छ । पराजित भएको बर्नली ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ३७ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित