प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा कोशी प्रदेशमाथि ५२ रनको सहज जित निकाल्दै एपीएफले फाइलनमा स्थान सुरक्षित गरेको हो ।

एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो ।

कोशीकी अप्सरी बेगमले सर्वाधिक ३१ रन जोडिन् । यस्तै, रुबिना क्षेत्रीले २२ तथा लकिता राजवंशीले १४ रन बनाए ।

एपीएफकी सोनु खड्का, रेखा रावल, सुमन विष्ट र सीता राना मगरले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।

एपीएफकी इन्दु बर्माले ५६ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, सीता राना मगरले ४५, रोमा थापाले १८ तथा ज्योति पाण्डेले १२ रन जोडे ।कोशीकी रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

अब कोशी प्रदेशले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बागमती र सुदूरपश्चिमबीच हुने एलिमिनेटरको विजेतासँग खेल्ने छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : ०८ बजे

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)