प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा प्रवेश


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा कोशी प्रदेशमाथि ५२ रनको सहज जित निकाल्दै एपीएफले फाइलनमा स्थान सुरक्षित गरेको हो ।

एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो ।

कोशीकी अप्सरी बेगमले सर्वाधिक ३१ रन जोडिन् । यस्तै, रुबिना क्षेत्रीले २२ तथा लकिता राजवंशीले १४ रन बनाए ।

एपीएफकी सोनु खड्का, रेखा रावल, सुमन विष्ट र सीता राना मगरले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।

एपीएफकी इन्दु बर्माले ५६ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, सीता राना मगरले ४५, रोमा थापाले १८ तथा ज्योति पाण्डेले १२ रन जोडे ।कोशीकी रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

अब कोशी प्रदेशले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बागमती र सुदूरपश्चिमबीच हुने एलिमिनेटरको विजेतासँग खेल्ने छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : ०८ बजे

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा १६

हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओद्वारा कोलेरा किट  प्रदान 

काठमाडौं– हैजा प्रभावित क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले

रिभर फल्सको हकप्रद सेयर बिक्री सुरु 

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले सोमबारदेखि हकप्रद सेयर निष्काशन