साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा सिक्किममा नेपाली युट्युबर उमा राई पक्राउ « Khabarhub

साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा सिक्किममा नेपाली युट्युबर उमा राई पक्राउ


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन् । भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो ।

सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उमालाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ ।

पक्राउ परेकी उमाले १० पुसमा वनझाँक्री बस्ने गुफा र ११ पुसमा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोस्ट गरेकी थिइन् । साथै उनले सिक्किममा साकेला मनाउनका लागि भिडिओमार्फत आह्वान गरेकी थिइन् । त्यसैलाई आधार बनाएर पक्राउ गरिएको जनाइएको छ ।

सिक्किममा सन् २०२४ मा विधान सभा चुनाव हुँदैछ । सोही चुनावलाई लक्षित गरेर उमाले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोप लगाइएको छ । उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवर्द्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ४० बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।