राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नाम | Khabarhub Khabarhub

राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नाम


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पत्रकारिता क्षेत्रबाट पनि उम्मेदवार बनाइनुपर्ने माग गर्दै समाजवादी प्रेस संगठनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठनले आफ्नो संगठनका १२ जना पत्रकारमध्येबाट राष्ट्रियसभामा प्रतिनिधित्व गराइनुपर्ने माग गरेको हो ।

संगठनका महसचिव रामकुमार एलनका अनुसार राष्ट्रियसभा सदस्यका लागि दाबी गरिएका १२ पत्रकारहरुमा शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई (चमिना), भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बीसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बूढामगर छन् ।

राष्ट्रियसभा सदस्यको दाबी गर्ने सबै पत्रकार एकीकृत समाजवादी निकट हुन् । उनीहरुले सोही पार्टीबाट राष्ट्रियसभाका लागि टिकटको दाबी गरेका हुन् ।

१९ सिटका लागि हुन लागेको राष्ट्रियसभा चुनावमा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट तीन सिट पाउने छ । यसमध्ये एउटा सिटमा पत्रकारलाई उम्मेदवार बनाइनुपर्ने प्रेस संगठनको माग छ ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ५४ बजे

लालीघाटमा हाट भर्न को जाला अब ?

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला

पोखराबाट ८२ तोला अवैध सुनसहित दुई जना पक्राउ

पोखरा- पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई

रास्वपाको अवरोधबीच संसद् सञ्चालन गरिएकोप्रति माओवादीको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७