सरकारका काममा हस्तक्षेप नगर्न कर्मचारीलाई मन्त्री किरातीको निर्देशन | Khabarhub Khabarhub

सरकारका काममा हस्तक्षेप नगर्न कर्मचारीलाई मन्त्री किरातीको निर्देशन


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नीति नियम बनाउने काम प्रधानमन्त्री र सरकारको भएको भन्दै सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

उनले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ को विषय कर्मचारीको नभइ सरकारको भएकाले यसमा अनावश्यक टिकाटिप्पणी नगर्न पनि कर्मचारीहरुलाई चेतावनी दिए । उनले नेतृत्वमा रहेकाले बनाएको नीतिमा कर्मचारीहरु हिँड्न सक्नुपर्ने उल्लेख गरे ।

ग्राउन्ड ह्यान्डलिङको विषयमा आवश्यक परे राष्ट्रिय सहमति नै आवश्यक पर्ने उनको भनाइ छ । मन्त्री किरातीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने, हवाई सेवा यात्रुमैत्री बनाउन ध्यान केन्द्रीत रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनका लागि पीपीपी मोडलबाट अघि बढाइने धारणा राखे ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालको बायुसेवालाई बलियो बनाउन सबी पक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले आफूले व्यक्तिका लागि नभइ संस्थाका लागि काम गर्दा आएका आलोचनाहरुलाई सहज रुपमा लिने जिकिर गरे ।

कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : १४ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको