पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला पोखरामा सम्पन्न « Khabarhub

पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला पोखरामा सम्पन्न


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन व्यवसायी महिलाहरुको चुनौति र अवसर विषयक कार्यशाला पोखरामा सम्पन्न भएको छ । शनिबार पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान), युरोपियन युनियन, नेपाल सरकार र जिआईजेड संस्थाको आयोजनामा पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला सम्पन्न भएको हो ।

पोखराको लेकसाइड रिट्रिट होटलमा भएको कार्यक्रम नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युरोपियन युनियनको ‘ट्रेड एण्ड इन्भेष्टमेन्ट’ कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेशका सबै जिल्लाका पर्यटन व्यवसायी महिलाहरुको सहभागिता रहने गरी आयोजना गरिएको कार्यक्रममा पर्यटन क्षेत्रका महिलाहरुको सीप र नेतृत्व क्षमता अभिवृद्धि तथा आगामी चुनौति र अवसरका विषयमा ‘पेपर प्रिजेन्टेसन’ र अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले पर्यटन क्षेत्रका महिलाहरुमा अवसर र चुनौति बराबरी रहेका कारण सबै सरोकारवाला संघ संस्था, सरकार तथा निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । उनले सरकार सँधै महिलाहरुको समान सहभागिता र अवसरका विषयमा जिम्मेवार भएको भन्दै आगामी दिनमा यसलाई अझ धेरै अवसर प्राप्तिमा गम्भीर भएर लाग्ने पनि बताए ।

यस्तै कार्यक्रममा युरोपियन युनियनका वरिष्ठ कार्यक्रम प्रबन्धक मिम हमालले पोखरामा पर्यटन व्यवसायी महिलाहरुको अवसर र चुनौति धेरै भएकाले यस किसीमका कार्यक्रम ईयूले गण्डकी प्रदेशका सबै महिलाहरुलाई समेटेर पोखरामा ल्याएको बताए । उनले आगामी दिनमा टेवान लगायत पर्यटन व्यवसायी महिलाहरुसँग मिलेर अझ धेरै काम गर्न हौसला मिलेको पनि जानकारी दिए ।

यस्तै टेवानका अध्यक्ष कमला गिरीले पोखरामा पर्यटन महिला व्यवसायीहरुका लागि उद्योग मन्त्रालय, ईयू र जिआईजेडसँग काम तथा कार्यक्रम गर्न पाउनु नयाँ अवसर भएको भन्दै अझ धेरै महिलाहरुलाई आफ्नै सीप, क्षमता र रोजगारी सिर्जना गर्ने पर्यटन क्षेत्रमा अग्रसर गराउन यो कार्यक्रम फलदायी हुने बताइन् ।

कार्यक्रममा ईयूका वरिष्ठ सल्लाहकार शिवराज भट्टले गण्डकी महिला पर्यटन व्यवसायी तथा नेतृत्वका अवसर र चुनौतिका विषयमा ‘पेपर प्रिजेन्टेसन’ गरेका थिए । कार्यक्रममा पोखराका पर्यटन व्यवसायीका साथै टान, हान, नाट्टा, पीटीसी लगायत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि आफ्नो विचार राखेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ११ बजे

रेशमको रिटमा सुनुवाइ हुँदै, निर्वाचन आयोगको निर्णयबारे आदेश आउन सक्ने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी

कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक : मन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको

सरकारी संरचना विध्वंशबारे ओलीले भने : चिन्ता नगर्नुस्, समय आएपछि सबै ठिक हुन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले मतदाता भेटघाटमा

बङ्गलादेश चुनाव र शक्ति सन्तुलन

ढाका- अर्को हप्ता हुने बङ्गलादेशको निर्वाचनले भारतसँगको सम्बन्धलाई परीक्षण गर्ने

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

सुरुङ्गा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र