पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला पोखरामा सम्पन्न | Khabarhub Khabarhub

पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला पोखरामा सम्पन्न


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन व्यवसायी महिलाहरुको चुनौति र अवसर विषयक कार्यशाला पोखरामा सम्पन्न भएको छ । शनिबार पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान), युरोपियन युनियन, नेपाल सरकार र जिआईजेड संस्थाको आयोजनामा पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला सम्पन्न भएको हो ।

पोखराको लेकसाइड रिट्रिट होटलमा भएको कार्यक्रम नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युरोपियन युनियनको ‘ट्रेड एण्ड इन्भेष्टमेन्ट’ कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेशका सबै जिल्लाका पर्यटन व्यवसायी महिलाहरुको सहभागिता रहने गरी आयोजना गरिएको कार्यक्रममा पर्यटन क्षेत्रका महिलाहरुको सीप र नेतृत्व क्षमता अभिवृद्धि तथा आगामी चुनौति र अवसरका विषयमा ‘पेपर प्रिजेन्टेसन’ र अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले पर्यटन क्षेत्रका महिलाहरुमा अवसर र चुनौति बराबरी रहेका कारण सबै सरोकारवाला संघ संस्था, सरकार तथा निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । उनले सरकार सँधै महिलाहरुको समान सहभागिता र अवसरका विषयमा जिम्मेवार भएको भन्दै आगामी दिनमा यसलाई अझ धेरै अवसर प्राप्तिमा गम्भीर भएर लाग्ने पनि बताए ।

यस्तै कार्यक्रममा युरोपियन युनियनका वरिष्ठ कार्यक्रम प्रबन्धक मिम हमालले पोखरामा पर्यटन व्यवसायी महिलाहरुको अवसर र चुनौति धेरै भएकाले यस किसीमका कार्यक्रम ईयूले गण्डकी प्रदेशका सबै महिलाहरुलाई समेटेर पोखरामा ल्याएको बताए । उनले आगामी दिनमा टेवान लगायत पर्यटन व्यवसायी महिलाहरुसँग मिलेर अझ धेरै काम गर्न हौसला मिलेको पनि जानकारी दिए ।

यस्तै टेवानका अध्यक्ष कमला गिरीले पोखरामा पर्यटन महिला व्यवसायीहरुका लागि उद्योग मन्त्रालय, ईयू र जिआईजेडसँग काम तथा कार्यक्रम गर्न पाउनु नयाँ अवसर भएको भन्दै अझ धेरै महिलाहरुलाई आफ्नै सीप, क्षमता र रोजगारी सिर्जना गर्ने पर्यटन क्षेत्रमा अग्रसर गराउन यो कार्यक्रम फलदायी हुने बताइन् ।

कार्यक्रममा ईयूका वरिष्ठ सल्लाहकार शिवराज भट्टले गण्डकी महिला पर्यटन व्यवसायी तथा नेतृत्वका अवसर र चुनौतिका विषयमा ‘पेपर प्रिजेन्टेसन’ गरेका थिए । कार्यक्रममा पोखराका पर्यटन व्यवसायीका साथै टान, हान, नाट्टा, पीटीसी लगायत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि आफ्नो विचार राखेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ११ बजे

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको

कर्मचारीहरुलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : नाडा पूर्व अध्यक्ष दुलाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक

तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको

काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँमा गएर ऋण दिएका छन् : सिइओ शर्मा

काठमाडौं– भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर