शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ : मुख्यमन्त्री यादव « Khabarhub

शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ : मुख्यमन्त्री यादव


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बारा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन् ।

रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटनमा मुख्यमन्त्री यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सङ्घले शिक्षा क्षेत्रको अधिकार नदिए पनि आफूले प्रदेश सरकारमार्फत शिक्षामा लागनी गरिरहेको बताए ।

बाराका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा रामराजाको अग्रणी भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले अझै गुणस्तरीय शिक्षा प्रवाह गर्न क्याम्पसको जनशक्तिसहित बजेट प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेस प्रदेशसभा सदस्य महम्मद समीरले क्याम्पसको उन्नति र प्रगतिका आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाले गरीबका छोराछोरीको उच्च शिक्षाका लागि स्थापना गरिएको क्याम्पसमा जनप्रतिनिधिको पर्याप्त सहयोग नभएको गुनासो गरे । हाल एक हजार चार सय विद्यार्थी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : २५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको