प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । 

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिष्पर्धा गर्नेछ ।

कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ३५ बलमा सात चौका प्रहार गरिन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै सात चौकाको मद्दतमा ३७ रन जोडिन । अपसरी बेगम १२ रनमा अविजित रहिन ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन् । त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनाएको थियो । 

उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७-७ रन बनाए । 

कोशीका लागि सङ्गिता राईले दुई विकेट लिइन् भने निशा शाह, अलिसा खादिया र सबनम राईले समान एक-एक विकेट लिए । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ३९ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन