तराईका केही स्थानमा हुस्सु र कुहिरो « Khabarhub

तराईका केही स्थानमा हुस्सु र कुहिरो


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्ने भएकाले यसबाट बच्च आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ । 

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ११ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।