इंग्लिस प्रिमियर लिग : लिभरपुलको अग्रता कायमै « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलको अग्रता कायमै


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा न्यूक्यासललाई ४–२ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका मोहमद सलाहले दुई तथा कर्टिस जोन्सकोडी गाक्पोले एक–एक गोल गरेका थिए । यस्तै, न्यूक्यासलका अलेक्जेन्डर इसाकस्वेन बोटम्यानले एक–एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ४९औ मिनेटमा गोल गर्दै लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५४औँ मिनेटमा न्यूक्यासलका इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ७४औँ मिनेटमा कर्टिस७८औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुल ३–१ को अग्रता दिलाए ।

त्यसपछि ८१औँ मिनेटमा न्यूक्यासलका बोटम्यानले गोल गरे पनि न्यूक्यासललाई हारबाट जोगाउन सकेनन् ।

यो खेलपछि लिभरपुल २० खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । भने पराजित भएको न्यूक्यासल २९ अंकका साथ तालिकाको नवौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ५७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा