किन एकाएक विवादमा तानिइन् केकी ? « Khabarhub

किन एकाएक विवादमा तानिइन् केकी ?


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी एकाएक विवादमा तानिएकी छिन् । बौद्धिक नायिकाको परिचय बनाएकी केकीले एक गीतको भिडियो लिंक शेयर गरेका कारण विवादमा तानिएकी हुन् । यसबारेमा केकीले भने कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

गायक आर्जन पाण्डेले ‘घाँटीभन्दा तल’ बोलको गीत सार्वजनिक गरे । यो गीतको खासै चर्चा पनि भएन । तर, गीतलाई केकी अधिकारीले शेयर गरेपछि भने गीत पनि चर्चा र विवादमा रह्यो ।

रोमान्टिक शैलीको यो गीतमा प्रयोग गरिएका शब्दलाई लिएर विवाद भएको हो । तर, गायक आर्जन पाण्डेको भन्दा बढी विरोध केकी र रीमा विश्वकर्माको भएको छ । खासगरी केकीले प्रायः महिला हिंसाका बारेमा सधै बोल्ने गर्छिन् । यसकारण पनि केकी सबैको तारो बनेकी हुन् ।

तस्वीर– कुबेर डंगोल

त्यसो त केकी यसअघि एनआइसी एसियाको विज्ञापनमा अभिनय गरेका कारण पनि विवादमा परेकी थिइन् । सामाजिक सञ्जालमा महिला हिंसालाई बल पु–याउने भिडियोमा अभिनय भन्दै उनको विरोध भएको थियो । अहिले उक्त विज्ञापन नयाँ तरिकाले प्रसारण हुन थालेको छ ।

आर्जन पाण्डेले बजारमा ल्याएको गीतमा केकी अधिकारीको त कुनै भूमिका छैन । तर उनले यो गीत शेयर गरेकी थिइन् । केकीले शेयर गरेपछि गीतको थप चर्चा हुन थाल्यो । गीतका शब्दहरुमा महिलालाई घाँटीभन्दा तल राम्री भएको भनिएको छ । यसले महिलाको भद्दा मजाक गराएको महिला अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

यसअघि आर्जनका भिडियोमा केकी अधिकारीले अभिनय गरेको हुन्थिन् । यी दुई प्रेमसम्बन्धमा रहेको चर्चा समेत चल्न थालेको थियो । शायद केकीले साथीको गीत भएका कारण गीत शेयर गरेकी थिइन् । तर, त्यही शेयरले उनलाई विवादमा ल्याइदियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : १० बजे

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम– गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ