इजरायलको आक्रमणबाट गाजामा ३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त « Khabarhub

इजरायलको आक्रमणबाट गाजामा ३२६ स्वास्थ्यकर्मी मारिए, ३० अस्पताल ध्वस्त


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या झण्डै २२ हजार पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुगेको जनाएको छ । यस्तै घाइते हुनेको संख्या ५७ हजार ६९७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै इजरायली आक्रमणमा कम्तीमा १५६ जनाको मृत्यु भएको छ भने २४६ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले पत्रकार सम्मेलनमा इजरायली हमलामा अहिलेसम्म ३ सय २६ स्वास्थ्यकर्मी मारिएको जानकारी दिए ।

गत अक्टोबर ७ मा युद्ध सुरु भए यता इजरायली सेनाले गाजामा १४० एम्बुलेन्स र ३० अस्पतालहरू नष्ट गरेका छन् भने  करिब ९९ स्वास्थ्य कर्मीहरूलाई अमानवीय अवस्थामा गिरफ्तार गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : १५ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की