फोटोनको हाई रुफ ईभी भ्यान सार्वजनिक « Khabarhub

फोटोनको हाई रुफ ईभी भ्यान सार्वजनिक


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फोटोनको (१४/१५ सिटर) हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक भएकाे छ ।

कम्पनिका अनुसार ५७ लाख रुपैयाँ (१५ सिटर) को मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुविधा प्रदान गर्ने छ ।

फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ ।

कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ ।

‘फोटोन हाई रुफ ईभी भ्यान यस सेग्मेन्ट अन्तर्गत, यसको उन्नत प्रविधिको लागि मात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामकाे सुनिश्चितताका लागि पनि विशिष्ट रहेको छ । यसको कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न पनि सघाउँछ । भ्यानलाई नेपालको माैलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको छ ।’  फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले भने ।

एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालका अनुसार फोटोन  निर्माता मात्र हैन नयाँ प्रविधिसँग अद्यावधिक रहने इनाेभेसनकाे आर्किटेक्ट हो ।

उनले भने  ‘फोटोनले नेपाल भरका ईभी चार्जिङ स्टेशनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको छ । नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १२ : ४६ बजे

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

नयाँ दिल्ली- स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’

नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगञ्ज– बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको