फोटोनको हाई रुफ ईभी भ्यान सार्वजनिक « Khabarhub

फोटोनको हाई रुफ ईभी भ्यान सार्वजनिक


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फोटोनको (१४/१५ सिटर) हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक भएकाे छ ।

कम्पनिका अनुसार ५७ लाख रुपैयाँ (१५ सिटर) को मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुविधा प्रदान गर्ने छ ।

फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ ।

कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ ।

‘फोटोन हाई रुफ ईभी भ्यान यस सेग्मेन्ट अन्तर्गत, यसको उन्नत प्रविधिको लागि मात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामकाे सुनिश्चितताका लागि पनि विशिष्ट रहेको छ । यसको कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न पनि सघाउँछ । भ्यानलाई नेपालको माैलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको छ ।’  फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले भने ।

एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालका अनुसार फोटोन  निर्माता मात्र हैन नयाँ प्रविधिसँग अद्यावधिक रहने इनाेभेसनकाे आर्किटेक्ट हो ।

उनले भने  ‘फोटोनले नेपाल भरका ईभी चार्जिङ स्टेशनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको छ । नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १२ : ४६ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी