चोरी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

चोरी गरेको आरोपमा दुई जना पक्राउ


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू भक्तपुर ठिमि नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्।

सुमित्राको कोठाबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्त्वपूर्ण कागजपत्रसमेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं बाफलबाट चोरी भएका विभिन्न सामानहरूसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट चोरीमा प्रयोग भएको बा.९६ प ५५४४ नम्बरको स्कुटर एक थान, झोला एक थान, स्वरुप परिवर्तन गरिएको सुन ७५ लाल, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ थानलगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ५१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट