संविधानले दिएको अधिकार उपयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन | Khabarhub Khabarhub

संविधानले दिएको अधिकार उपयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्  ।

मंगलबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा थारू आयोगको पाँचौ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अहिलेको संविधानले सबैलाई अधिकार दिएको भन्दै अधिकार स्थापित गर्नका लागि आयोग लगायत सबै गम्भीर बन्नुपर्ने बताए । 

गणतन्त्र स्थापनापछि अधिकार स्थापित गर्नका लागि विभिन्न आदिवासी जनजाति योगहरू गठन गर्नुपरेको उनले बताए । उनले नामको मात्रै आयोगको अर्थ नरहने बताउँदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने धारणा राखे 

उक्त कार्यक्रममा बोल्दै थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थारू भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसँग माग गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ५८ बजे

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक

सिरहामा आँप उत्पादनमा कमी

सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ ।