पिठो बोकेको ट्रक रुखमा ठोक्किँदा २ जनाको मृत्यु « Khabarhub

पिठो बोकेको ट्रक रुखमा ठोक्किँदा २ जनाको मृत्यु


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आइतबार बिहान ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : २९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक