सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा :  प्रधानमन्त्री प्रचण्ड   « Khabarhub

सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा :  प्रधानमन्त्री प्रचण्ड  


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढेको बताए ।

सरकारको लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्ने उनले बताए । उनले ठूला ठूला आयोजनाको निर्माणलाई अघि बढाएर मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने धारणा राखे।

सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सके मात्र आर्थिक विकासको ढोका खुल्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताए । नेपालको राजनीति संक्रमणकाल पार गरी स्थायित्वतर्फ अग्रसर भएको भन्दै उनले दलहरूले गरेको प्रतिबद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले देश विकासको गतिलाई द्रुतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायको भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ५८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६