स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ   « Khabarhub

स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल चन्द्रागिरि बस्ने २५ वर्षीय अजय राज शाही र सोही ठाउँ बस्ने गोरखा घर भएकी  ३५ बर्षीय छिमी सुनिन रहेकी छिन् ।

शाहीसमेत दुई जनाले अनिल भुजेललाई वैदेशिक रोजगारीको लागि स्लोवेनिया पठाइदिन्छु त्यसको लागि ७ लाख रुपैयाँ लाग्छ र स्लोवेनिया पुगेपछि फ्याक्ट्रीमा काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी २ लाख ८० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई  मंगलबार चन्द्रागिरि नैकापबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : १२ बजे

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी