इरान विष्फोटमा मारिनेको संख्या ९५ पुग्यो « Khabarhub

इरान विष्फोटमा मारिनेको संख्या ९५ पुग्यो


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको केरमान सहरमा भएका दुई शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । घटनामा १ सय ७० भन्दा बढी घाइते भएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठको अवसरमा आयोजना भइरहेको कार्यक्रममा सो विष्फोट भएको थियो ।

इरानका डेपुटी गभर्नरले यो घटनालाई आतंकवादी हमला भनेका छन् । सन् २०२० मा अमेरिकाले जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमणमा मारेको थियो । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि सुलेमानी देशका सबैभन्दा शक्तिशाली व्यक्तिमा थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सडकमा धेरै शव देखिएका छन् । इरानी सरकारी मिडियामा पोस्ट गरिएको भिडियोमा विष्फोटपछि ठूलो भीड क्षेत्रबाट भागेको देखाइएको छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । इरानको राष्ट्रिय आपतकालीन सेवा संगठनका प्रवक्ता बाबक येक्ता परस्तले विस्फोटमा मारिनेको संख्या अझै बढ्न सक्ने बताए ।

पूर्व जनरल सुलेमानी ३ जनवरी २०२० मा बगदाद एयरपोर्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। जसको निधन भएको चार वर्ष पूरा भएको छ । यसै अवसरमा उनको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो, सोही कार्यक्रममा यी विस्फोटहरू भएका हुन् ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ९ : ०१ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन