एमालेसँग मिल्दा कोशीमा रोइलो गर्नेहरू राष्ट्रियसभामा मिल्न थाले : शेखर कोइराला « Khabarhub

एमालेसँग मिल्दा कोशीमा रोइलो गर्नेहरू राष्ट्रियसभामा मिल्न थाले : शेखर कोइराला


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा रोइलो गर्नेहरू आज राष्ट्रियसभा निर्वाचनमा  मिल्न थालेको टिप्पणी गरेका छन ।

राष्ट्रियसभा निर्वाचनबारे छलफलका लागि शीर्ष नेताहरूबीच भेटघाट भइरहेका बेला उनले हिजो केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर भन्नेहरु आज आफ्नो स्वार्थको लागि एमालेसंग मिल्न थालेको बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यो श्रृंखलाले एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको दाबी गरे ।

 उनले भने, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले, एक-दुई सिटका लागि जे पनि हस् ? यदि यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ? ।’

उनले संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण रहेको समेत औँल्याए । 

उनले टीआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्दामा क्षमा दिन नहुने बताए ।

त्यस्तै निर्देशनात्मक आदेश र मानव अधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधीनमा रहेर द्वन्द्वबाट पीडितहरूले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउनपर्ने कुरामा उनको जोड छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १ : ४४ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम