मोरङमा १० वर्षीया बालिका बलात्कृत | Khabarhub Khabarhub

मोरङमा १० वर्षीया बालिका बलात्कृत


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

इटहरी– मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका हजुरबुवा र हजुरआमासँग मगरकै घरमा डेरामा बस्दै आएको बताए। आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटक-पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए।

घरमा अभिभावक नभएको मौका छोपी शौचालयनजिकको खाली जग्गामा लगेर मुख थुनेर बोल्नसमेत नदिइकन कसैलाई भनेमा कुटपिट तथा मार्ने गर्ने धम्की दिएर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बुधबार राति उनलाई पक्राउ गरिएको र मुद्दा दर्ता गरेर आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : ४६ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको