प्रदेश संरचनालाई बलियो बनाउनु पर्छ : मुख्यमन्त्री शाह | Khabarhub Khabarhub

प्रदेश संरचनालाई बलियो बनाउनु पर्छ : मुख्यमन्त्री शाह


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल प्रेस युनियनले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तीनै तहका सरकारको अधिकार बाडफाँड भए पनि कार्यान्वयन फितलो भएको बताए ।

मुख्यमन्त्री शाहले सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय तहका आ–आफ्नै अधिकार भए पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले अब त्यो पूर्णरुपमा कार्यान्वयन गर्न लाग्नुपर्ने बताए । उनले भने, “तीनै तहका सरकारका एकल र साझा अधिकार छन्, तिनीहरुको पूर्ण रुपमा कार्यान्व्यन हुनु आवश्यक छ ।”

मुख्यमन्त्री शाहले प्रदेश गौरवका योजनामा बजेटको अभाव नहुने बताए । प्रदेशले प्राथमिकतामा राखेर निर्माण गरिरहेका योजनामा बजेटको अभाव नहुने उनले दाबी गरे ।

मुख्यमन्त्री शाहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढिसकेकाले यसमा शङ्का नरहेको जिकिर गरे । उनले नेपाल–भारत सीमानाका झुलाघाटलगायत दार्चुला र डडेल्धुरामा महाकाली नदीमाथि पुल निर्माण प्रक्रिया पनि अगाडि बढेको जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १० : ३५ बजे

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले

एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३