गाजाबाट ५१ प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार « Khabarhub

गाजाबाट ५१ प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धको बीचमा गाजा पट्टीबाट कम्तिमा ५१ प्यालेस्टाइनी महिलालाई गिरफ्तार गरेको दुई प्यालेस्टाइन समूहले बताएको छ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्तिमा ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका धेरै आफन्त रहेको उनीहरूले बताए ।

गाजाबाट महिला बन्दीहरूको वास्तविक संख्या बढी रहेको समेत बताए, तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्यांक रहेको बताए  ।

विज्ञप्तिमा भनिएको छ कि महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो।

इजरायलले मानवअधिकार संगठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे जान्नबाट रोकेको र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा पहुँच पनि अस्वीकार गरेको बताएको छ।

इजरायली जेल प्रशासनले भने त्यहाँ केवल ६६१ जना गाजा बन्दी रहेको खुलासा गरेको छ र तिनीहरूलाई गैरकानूनी लडाकु भनेर दर्जा दिइएको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ४० बजे

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।