ताइवानले जापानलाई ६ करोड येन सहयोग गर्ने « Khabarhub

ताइवानले जापानलाई ६ करोड येन सहयोग गर्ने


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

ताइवान– जापानमा गएको भुकम्पको पुनर्निमाणका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ ।

ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने भएका हुन् ।

ताइवानका विदेशमन्त्री जोसेफ वुले बिहीबार उक्त प्रतिज्ञाको घोषणा गरेका छन । उनका अनुसार जापानको भुकम्प आपतकाल पनि आपतकाल हो भन्ने निष्कर्षमा ताइवान रहेको पनि जनाए ।

उनले भूकम्पबाट प्रभावितहरू यथाशीघ्र आफ्नो सामान्य जीवनमा फर्किने विश्वास व्यक्त गरेका छन भने प्रकोपबाट प्रभावितहरूलाई प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ ।

ताइवानका स्वास्थ्य अधिकारीहरूले शुक्रबारदेखि जनवरी १९ सम्म त्यहाँका जनताले बैंक, हुलाक कार्यालय र सुविधा स्टोरहरूमा पैसा दान गर्न सक्ने सुविधा बनाएको बताए । यसरी जम्मा भएको कोष कहाँ पठाउने भनेर निर्णय गर्न उनीहरूले जापानी अधिकारीहरूसँग परामर्श गर्ने बताएका छन्।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : १८ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६