मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ : माधव नेपाल « Khabarhub

मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ : माधव नेपाल


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन् ।

पार्टीको काठमाडौँ महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान सङ्कट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गरे ।

सो अवसरमा अध्यक्ष नेपालले बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीलाई त्यहाँका जनताका लागि सङ्कलन गरिएको राहत सामग्री हस्तान्तरण गरे । बझाङको पाथिभरा गाउँपालिका–१ को मटेला बगडेगाउँका दलित, महिला, एकल महिला र ओझा समुदायका लागि राहत सामग्री उपलब्ध गराइएको हो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ४१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना