प्रधानमन्त्रीलाई वामदेवको प्रश्न– घातक निर्णय किन गर्नु भो ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न– घातक निर्णय किन गर्नु भो ?


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रलाई बरबाद गर्ने घातक निर्णय किन गरेको भनि प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

नेपाल सरकारको अनुमति विना भारतीय दूतावासले नेपालमा २० करोड लगानी गर्न पाउने सम्झौता नेपालका लागि घातक भएको उनको भनाइ छ ।

‘१९ पुषका दिन नेपालका परराष्ट्र मन्त्री र भारतका विदेश मन्त्रीबीच भएको नेपाल सरकारको अनुमति विना भारतीय दूतावासले नेपालका कुनै पनि प्रोजेक्टमा प्रति प्रोजेक्ट २० करोड लगानी सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको छ।अब भारतीय दूतावासले एकै पटक ७५३ पालिका र ७ प्रदेशहरुलाई बाड्न सक्ने छ’ उनले उल्लेख गरेका छन् ।

उनले नेपालको स्वतन्त्रता सार्वभौमिकता र स्वाधिनता तथा आज सम्म कायम रहेको नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘अब भारतीय दूतावाशले एकै पटक ७५३ पालिका र ७ प्रदेशहरुलाई बांडन सक्ने छ। सडक परियोजना खानेपानी परियोजना र अन्य कुनै पनि परियोजनामा पनि बांड्न सक्ने छ। यस्तो भए पछि नेपालको स्वतन्त्रता सार्वभौमिकता र स्वाधिनता तथा आज सम्म कायम रहेको नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको भएन र ? यो निर्णयका बिरुद्ध देश र वदेशमा रहेका संपूर्ण नेपाली जनता र नेपाली संघियताका तीनै तहका सभाहरुले बिरोध र भ्रत्शना गर्नु पर्दछ।’

यो पनि…

भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएकोमा सांसदको विरोध (भिडियो)

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ०१ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा