पाकिस्तानमा हिन्दू बालिकालाई अपहरण गरी जबरजस्ती धर्मपरिवर्तन गराएपछि… « Khabarhub

पाकिस्तानमा हिन्दू बालिकालाई अपहरण गरी जबरजस्ती धर्मपरिवर्तन गराएपछि…


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा एक जना हिन्दू बालिकालाई अपहरण गरी जबरजस्ती धर्मपरिवर्तन गराइएको पाइएको छ । सिन्ध प्रान्तमा भएको घटनामा इन्द्र दिवान नाम गरेकी बालिकालाई इस्लाम धर्म मान्न बाध्य पारिएको हो ।

सिन्ध प्रान्तको हैदरवाद नजिकै रहेको तान्दो जाम क्षेत्रमा रहेको उनको आफ्नै घरबाट इन्द्रलाई अपहरण गरिएको र इस्लाम मान्न बाध्य पारिएको हो ।

उनलाई स्थानीय इस्लामिक उग्रवादी साजिद हुसेनले अपहरण गरेको र इस्लाम मान्न बाध्य पारेको न्युज इन्टरभेन्सनले जनाएको छ । इस्लाम धर्म मान्न बाध्य पारेपछि हुसेनले ती बालिकाको नाम ‘नइमत’ राखिदिएका थिए ।

अपहरणकर्ता हुसेनले ती बालिकाको उमेर १९ वर्ष रहेको दाबी गरेपनि विद्यालयको दस्तावेजमा भने उनको उमेर केबल १४ वर्ष रहेको जनाइएको छ ।

पाकिस्तानमा पछिल्लो समय हिन्दू, इसाई तथा अन्य धार्मिक अल्पसङ्ख्यकलाई जबरजस्ती धर्म परिवर्तन गराउने क्रम बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : ०४ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा