सबै राष्ट्रिय शक्ति गोलबद्ध हुन आवश्यक : पोखरेल | Khabarhub Khabarhub

सबै राष्ट्रिय शक्ति गोलबद्ध हुन आवश्यक : पोखरेल


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय स्वार्थका विषयप्रति स्पष्ट हुनुपर्ने बताएका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको ३६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकीसँग आँखा जुधाएर कुरा गर्ने सामार्थ्य राख्नुपर्नेमा पनि जोड दिए।

पोखरेलले भू–राजनीतिक संवेदनशीलताका कारण नेपाल धरै किसिमका सङ्कट झेल्नका लागि बाध्य बनेको धारणा राखे । “विभिन्न खाले सङ्कट समाधानका लागि राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्ति एकताबद्ध भएर मात्रै भू-राजनीतिक संवेदनशीलताबाट सिर्जित समस्यासँग हामी जुध्न सक्छौँ र राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र अखण्डताको रक्षा गर्न सक्छौँ”, उनले भने।

सामाजिक सद्भावमा राष्ट्रिय एकता टिकेको भन्दै सामाजिक सद्भाव खलबलियो भने राष्ट्रिय एकता कमजोर र स्वाधिनतामा आँच पुग्ने उनको भनाइ छ ।

सोही अवसरमा पोखरेलले महासङ्घले प्रकाशन गरेको ‘जबजको सौन्र्दय चिन्तन’ नामक पुस्तक विमोचन गरे ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पुस्तकले सांस्कृति क्षेत्रको अन्योललाई चिर्न मद्दत गर्ने बताए । महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले पुस्तकमा जनताको बहुदलीय जनवादले देखाएको मार्गनिर्देशक सिद्धान्तलाई नेपालको परिवेशअनुसार सामाजिक, सांस्कृतिक कोणबाट विश्लेषण गरिएकोे बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ५७ बजे

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले

आज कार्तिक शुक्ल चतुर्दशी : वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन

विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट

काठमाडौं – आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई