हजरिया सेवा समाजको अध्यक्षमा थापा चयन « Khabarhub

हजरिया सेवा समाजको अध्यक्षमा थापा चयन


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हजरिया सेवा समाजको अध्यक्षमा नरेशकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।

मधेस प्रदेशको सर्लाही जिल्ला, वरहथवा नगरपलिकास्थित साविकको हजरिया गाविस जन्मथलो भइ काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तित्वले स्थापना गरेको समाजमा थापा निर्विरोध चयन भएका हुन् । उक्त समाज विसं २०६३ मा गठन गरिएको थियो ।

आज सम्पन्न पाँचौ साधारणसभाले थापाको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । निर्वाचित अध्यक्ष थापाले आगामी दिनमा हजरिया एवं बरहथवा नगरपालिकाको स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ, कृषिलगायतको क्षेत्रमा विशेष काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सम्बन्धित पक्षसँग सहकार्य गर्दै आगाडि बढ्ने विश्वास व्यक्त गरे।

समाजका निर्वाचित उपाध्यक्षमा कौशल खड्का, फिरोज खड्का, विष्णुु पौडेल, दिनकरसिंह दाहाल र दिप्ती दाहाल चयन भए । सचिवमा नवीन गिरी, सहसचिवमा प्रेक्षा कार्की र कोषाध्याक्षमा सन्तोष पोखरेल चयन भएका छन् ।

सदस्यहरुमा सलिना कडाल, विजय दाहाल, सरोजकुमार चौधरी, अञ्जना बस्नेत, हेमबाहदुर लामा, प्रमिला कार्की, सुनिता वाग्ले, अभिशेख महतो, रमानन्द महतो, विमल पोखरेल, नागिन्दर सहनी र ज्ञानु परियार छन्।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १० : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्