हजरिया सेवा समाजको अध्यक्षमा थापा चयन | Khabarhub Khabarhub

हजरिया सेवा समाजको अध्यक्षमा थापा चयन


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हजरिया सेवा समाजको अध्यक्षमा नरेशकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।

मधेस प्रदेशको सर्लाही जिल्ला, वरहथवा नगरपलिकास्थित साविकको हजरिया गाविस जन्मथलो भइ काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तित्वले स्थापना गरेको समाजमा थापा निर्विरोध चयन भएका हुन् । उक्त समाज विसं २०६३ मा गठन गरिएको थियो ।

आज सम्पन्न पाँचौ साधारणसभाले थापाको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । निर्वाचित अध्यक्ष थापाले आगामी दिनमा हजरिया एवं बरहथवा नगरपालिकाको स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ, कृषिलगायतको क्षेत्रमा विशेष काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सम्बन्धित पक्षसँग सहकार्य गर्दै आगाडि बढ्ने विश्वास व्यक्त गरे।

समाजका निर्वाचित उपाध्यक्षमा कौशल खड्का, फिरोज खड्का, विष्णुु पौडेल, दिनकरसिंह दाहाल र दिप्ती दाहाल चयन भए । सचिवमा नवीन गिरी, सहसचिवमा प्रेक्षा कार्की र कोषाध्याक्षमा सन्तोष पोखरेल चयन भएका छन् ।

सदस्यहरुमा सलिना कडाल, विजय दाहाल, सरोजकुमार चौधरी, अञ्जना बस्नेत, हेमबाहदुर लामा, प्रमिला कार्की, सुनिता वाग्ले, अभिशेख महतो, रमानन्द महतो, विमल पोखरेल, नागिन्दर सहनी र ज्ञानु परियार छन्।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १० : ४९ बजे

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको