शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ? « Khabarhub

शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ?


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

भनिन्छ कुनै घर कस्तो संस्कारको छ भनेर थाहा पाउन त्यस घरको शौचालय हेर्नुपर्छ । शौचालयलाई पछिल्लो समय रेष्टरुमको रुपमा लिन थालिएको छ ।

भान्छा भन्दा शौचालय बढी सफा हुनुपर्ने चिकित्सक तथा अध्ययनहरूले प्रस्ट पारेका छन्।

अहिले मानिसहरू यति व्यस्त छन् कि शौचालय नै पत्रिका पढ्ने तथा तथा मोबाइल चलाउने ठाउँ बन्दै गएको छ ।

आज हामी वास्तुशास्त्रअनुसार शौचालय घरको कुन दिशामा बनाउनु उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी गराउँदै छौँ ।

वास्तुशास्त्र अनुसार, शौचालय कहिले पनि घरको बीच भागमा बनाउनु हुँदैन । यसो गरे घरमा सकारात्मक ऊर्जा प्रवर्द्धन हुँदैन।

उत्तरतर्फ फर्केको घरको लागि दक्षिण–पश्चिम वा दक्षिण–उत्तर–पश्चिम दिशामा शौचालय बनाउँदा राम्रो मानिएको छ । उत्तर दिशामा शौचालय राख्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।

दक्षिण, दक्षिण–पूर्व वा दक्षिण–पश्चिम दिशामा बाथरुम बनाउँदा यसले घरका मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। शौचालयको निर्माण जमिनभन्दा एक देखि दुई फिट अग्लो हुनुपर्छ ।

घरको शौचालय वा बाथरुम सधैँ पूर्व दिशामा नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कसैको घरको दक्षिण पश्चिम दिशामा शौचालय बनाइएको छ भने कुनै प्रकारको फलामको सामग्री अगाडि राख्नु हुँदैन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ३६ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर