त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता « Khabarhub

त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा आज भएको दुर्घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा वीरगञ्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । कन्टेनर सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको छ । कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगञ्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ । बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कन्टेनरसँग ठक्कँर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : १० बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका