त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता | Khabarhub Khabarhub

त्रिशूलीमा कन्टेनर खस्दा एक बेपत्ता


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा आज भएको दुर्घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा वीरगञ्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । कन्टेनर सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको छ । कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगञ्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ । बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कन्टेनरसँग ठक्कँर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : १० बजे

प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने

काठमाडौं– जोस बटलर, ज्याकोब  बेथेल  र विल जयाक्सले यस सिजनको

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं– आज २०८२ साल वैशाख ३१ गते बुधबार । जेठ