बङ्गलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु « Khabarhub

बङ्गलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएको त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वतन्त्र उम्मेदवारका समर्थकले सत्तारुढ अवामी लिगका उम्मेदवारका समर्थकलाई छुरा प्रहार गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

मुंशीगञ्जको सदर उपजिल्लाको मिरकादिमको तेन्गोरमा स्थानीय समयअनुसार आइतबार बिहान ९ः४५ मा स्वतन्त्र उम्मेदवारका समर्थकले पीडितमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

ढाका ट्रिब्युनका अनुसार चट्टोग्राममा प्रहरी र बीएनपीका सदस्यबीच झडप भएको छ । कम्तीमा केही बीएनपी सदस्यहरूले बन्दरगाह शहरमा ४८ घण्टा लामो हडताल लागू गर्नका लागि जुलुस निकाल्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मुन्शीगञ्जका आवामी लीगका समर्थकमाथि मतदान सुरु भएको करिब डेढ घण्टापछि स्थानीय मतदान केन्द्र नजिकै टाउकोको पछाडिको भागमा छुरा प्रहार गरिएको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ४ : ०२ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित