राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने « Khabarhub

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले चार पदका लागि यही पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशसभाका एक सय १० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख दुई सय ३७ जना गरी कुल तीन सय ४७ मतदाताको नामावली सार्वजनिक गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तारा आचार्यले जानकारी दिए।

कुनै पनि मतदाताको नामको विरुद्ध उजुरी नपरेको र सो नामावलीमाथि थप संशोधन गर्न नपरेकाले जम्मा तीन सय ४७ मतदाता राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मतदान गर्न पाउने भएको बागमती प्रदेश निर्वाचन अधिकृत सञ्जेलले बताए ।

यो पनि…

राष्ट्रियसभा निर्वाचन : आयोगले निकाल्यो मतदाताको अन्तिम नामावली

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ०६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००