सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु « Khabarhub

सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको ज्यान गएको छ। बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका–५ रजे गाउँका ७४ वर्षीय मन बहादुर बुढाथोकीको ज्यान गएको हो।

शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर आफ्नै बारीमा उनले लगाएको चप्पल भेटिएको थियो।

बारी माथिबाट हेर्दा ढिस्को झरेको देखिएको र ढिस्कोको माटो पन्छाएर हेर्दा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए। प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोष्टम्याटमका लागि सिन्धुली अस्पताल ल्याइएको जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ५२ बजे

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता

प्युठानमा पाँच जनाको बेवारिसे शव फेला

काठमाडौँ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाका किनारमा

प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली