राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् ।

देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी गर्न सकिने छ । यस्तै  २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

राष्ट्रियसभा निर्वाचनको मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुईवटा मतदान केन्द्र कायम गरिएको छ ।

यो पनि….
यी हुन् एमालेबाट राष्ट्रियसभाका १९ उम्मेदवार, कहाँबाट को ?

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : राप्रपाका १२ उम्मेदवारको नाम सार्वजनिक

राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : २७ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा