चरिकोटमा निःशुल्क स्वास्थ्य शिविरबाट सात सय बिरामी लाभान्वित « Khabarhub

चरिकोटमा निःशुल्क स्वास्थ्य शिविरबाट सात सय बिरामी लाभान्वित


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा सदरमुकाम चरीकोटमा सञ्चालित हाडजोर्नी तथा नसा सम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना विरामी लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको आयोजना तथा सुस्वास्थ्य अस्पताल काठमाडौँ बानेश्वरको प्राविधिक सहयोगमा ग्रामीण भेगका बिरामीलाई लक्षित गरी सञ्चालित सो शिविरबाट नयाँ ४८५ र पुराना २८५ गरी सात सय रोगी लाभान्वित भएको शाखाका सभापति ईश्वरीप्रसाद दाहालले बताए ।

शिविरमा दुई चिकित्सकसहित नौजनाको टोली रहेको थियो । शिविर सम्बन्धी जानकारी दिँदै सुस्वास्थ्य अस्पतालका डा. सुदर्शन बस्नेतका अनुसार विशेष गरी हाडजोर्नी र नसा सम्बन्धी बिरामीका लागि शिविर सञ्चालन गरिएको हो ।

उपचार पाएका मध्ये ७५ प्रतिशत महिला रहेका छन् । पुरुषहरूले अन्यत्र पनि उपचार गराउने गरेको तर महिलाले अवसर शिविरमा मात्र पाएको महसुस भएको बस्नेतले बताए ।

शिविरमा बाथ, पिनास, डिप्रेसन, अनिद्राका साथै कम्मर, गर्दन, घुँडा, जोर्नी दुख्ने, नसा सम्बन्धी र माइग्रेन सम्बन्धी अकुपङ्चर, थेरापी र प्राकृतिक चिकित्सा पद्धति मिश्रणबाट उपचार भएको छ । उपचार गराउने मध्ये ६० प्रतिशतको घुँडा दुख्ने रोग पाइएको जानकारी दिए ।

अर्को शिविर दोलखाको जिरीमा गर्न लागिएको सुस्वास्थ्य अस्पतालका डा. सुदर्शन बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ५४ बजे

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको