तालिबानसँगको शान्ति वार्तालाई निरन्तरता दिने खालिदजादको भनाइ « Khabarhub

तालिबानसँगको शान्ति वार्तालाई निरन्तरता दिने खालिदजादको भनाइ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानसँगको वार्तालाई चाँडै निरन्तरता दिइने अफगानिस्तानका लागि अमेरिकी प्रतिनिधी जाल्मे खालिदजादले जनाएका छन् ।

गतवर्षबाट अफगानिस्तानका लागि विशेष प्रतिनिधिको जिम्मेवारी सम्हालेका खालिदजादले तालिबानसँग हालसम्म ८ चरणको वार्ता गरिसकेका छन् । यसै महिना अफगानिस्तानको राजधानी काबुल पुगेका उनले अफगान सरकार, अफगानिस्ताको नागरिक समाजका अभियानकर्मी तथा अन्य सरोकारवालाहरुसँग तालिबानसँगको शान्ति प्रक्रियाबारे छलफल गरेका छन् । उनी चाँडै काबुलबाट पाकिस्तान हुँदै कतारको राजधानी दोहा पुग्ने कार्यक्रम छ ।

अमेरिकाले चाँडै अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानले अफगान सरकारसमक्ष सुरक्षाको ग्यारेन्टी गर्नेगरी सम्झौता हुनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता तालिबानले भने अमेरिकासँग वार्ता गर्ने विषय भने अनिश्चित रहेको जनाएको छ । आफ्ना केही प्रतिनिधि इण्डोनेशियाको राजधानी जकार्ता जान लागेको र त्यहाँ इस्लामिक धार्मिक नेता तथा धर्मगुरुसँग छलफल गरेपछि निर्णय गरिने तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले जनाएका छन् ।
हालै तालिबानले पाकिस्तानी तथा इण्डोनेशियाली धार्मिक नेताहरुसँग छलफल गरेको जनाइएको छ ।

१८ वर्षयता जारी द्वन्द्वका क्रममा अफगानिस्तानमा तालिबानले पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो भूभागमा कब्जा जमाइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ३० बजे

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक