मकै र धानको बीउको मूल्य निर्धारण « Khabarhub

मकै र धानको बीउको मूल्य निर्धारण


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो ।

बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद रु एक सय पाँच र बिक्री रु एक सय २५ तोकेको छ । त्यसैगरी अरुण-२ खरिद रु एक सय २० र बिक्री रु एक सय ४० निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए। 

प्रमाणित बीउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी रु ९५ र बिक्री रु एक सय कायम गरिएको छ । गतवर्षको तुलनामा यसवर्ष जिल्लामा मकैको बीउको उत्पादन घटेको छ । गतवर्ष पाँच सय २७ क्विन्टल बीउ उत्पादन भएकामा यसवर्ष तीन सय ७७ क्विन्टल मात्र बीउ उत्पादन भएको छ । जिल्लामा यसवर्ष रु ४० लाख बराबरको मकैको बीउ उत्पादन भएको उनले बताए । 

यसवर्ष एक सय ५६ मेट्रिकटन मकैको बीउ उत्पादन हुने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम ३७ दशमलव सात मेट्रिकटन मात्र बीउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । जिल्लामा पाँच सय ६१ मेट्रिकटन कमैको बीउ आवश्यक पर्नेमा बीउ उत्पादन निकै चिन्ताजनक अवस्थामा रहेको उनको भनाइ थियो । 

जिल्लामा उन्नत बीउको उत्पादन घट्नुमा किसानले उत्पादन बढाउन हाइब्रिड बीउ प्रयोग धेरै गर्नु र बाँदर र बँदेलजस्ता वन्यजन्तुले मकैबारीमा नोक्सान गर्नु मुख्य कारण रहेको स्थानीय बाँसखर्क कृषि सहकारीका अध्यक्ष टोपलाल पाण्डेले बताए।

त्यसैगरी बीउ उत्पादक सञ्जालले स्थानीय धानको बीउको मूल्य पनि निर्धारण गरेको छ ।  निर्धारित मूल्यअनुसार स्थानीय हँसराज धान खरिद प्रतिकेजी रु एक सय र बिक्री रु एक सय १५ कायम गरिएको छ । चैत–५खुमल–१० प्रतिकेजी खरिद रु ८० र बिक्री रु ९० र मकवानपुर–१ खरिद प्रतिकेजी रु ७० र बिक्री प्रतिकेजी रु ८० निर्धारण गरिएको छ । 

पछिल्लो समयमा जिल्लामा स्थानीय उन्नत जातको बीउभन्दा हाईब्रिड बीउको प्रयोग बढ्दो छ । यहाँका किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाईब्रिड बीउ प्रयोग गर्ने गरेको केन्द्रका कृषिप्रसार अधिकृत शिवलाल बञ्जाडेले जानकारी दिए । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ४ : २१ बजे

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : ईयू

एजेन्सी– युरोपेली सङ्घ (ईयू) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय

एनएमबि बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता