चार दलको सिन्डिकेटका कारण जनतामा नैराश्यता छायो : सिके राउत « Khabarhub

चार दलको सिन्डिकेटका कारण जनतामा नैराश्यता छायो : सिके राउत


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताएका छन ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राज्यको हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताए ।

दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठिक हो कि ? भन्ने नैराश्यपूर्ण धारणा विकास भएको उनको भनाइ छ ।

वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेको भन्दै उनले यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक भएको जिकिर गरे ।

राउतले मधेशका शोषित, उत्पीडित जनताले उनीहरूले न्याय र समान अवसर पाउन सकुन् भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ४ : ३८ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको