अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना, १० जना घाइते  « Khabarhub

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना, १० जना घाइते 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेको अस्ट्रेलियाली पत्रिकाले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इन्जिनमा प्राविधिक समस्या भएको संकेतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्कने प्रयास गरेको अस्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका प्रमुख आयुक्त एङ्गस मिचेलले बताए। 

विमानमा सवारहरूलाई गम्भीर चोटपटक लागेको रिपोर्टहरू मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समाचार वेबसाइट न्युज डट कमकाअनुसार क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ) ले घाइते सबैलाई केअन्र्स अस्पतालमा लगिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।  

क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङ्ले दुर्घटनामा घाइते भएकामध्ये एक जनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताए।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : २४ बजे

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने