जनताको अवस्था सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौँ : उपमहासचिव पुन « Khabarhub

जनताको अवस्था सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौँ : उपमहासचिव पुन


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । निरङ्कुश राजतन्त्रवादीले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो आफूहरुमाथिको हमला भएको उनको भनाइ छ ।

पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरङ्कुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताए। उनले आफूहरूले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरूको राजनीतिक ध्येय भएको बताए। उनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरूले दिने स्पष्ट पारे  ।

नेता पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरूको पार्टी भएको दाबी गरे। उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता तथा कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ४४ बजे

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९०

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा