उपभोक्ता ठग्ने दुई व्यापारीलाई साढे २ लाख जरिवाना « Khabarhub

उपभोक्ता ठग्ने दुई व्यापारीलाई साढे २ लाख जरिवाना


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने आरोपमा दुई व्यापारिक फर्मलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।

बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको हो।

विभागले नयाँ बानेश्वको कस्मेटिक पसललाई २ लाख जरिवाना तिराएको आनन्दराज पोखरेलले जानकारी दिए। उक्त पसलले रिलेवलिङ गरेको गुणस्तरहीन सामाग्रीको व्यापार गर्नुका साथै कम परिमाणको वस्तुलाई महँगो मूल्यमा बेचेको पाइएपछि विभागले कारबाही गरेको जनाएको छ।

यस्तै, नयाँ बानेश्वरकै रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। पसलले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएको विभागले जनाएको छ।

आज विभागले नयाँ बानेश्व क्षेत्रका ५ व्यापारिक फर्ममा अनुगमन गरेको थियो।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : २४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा