बूढीगण्डकीको मुआब्जा नरोक्न माग | Khabarhub Khabarhub

बूढीगण्डकीको मुआब्जा नरोक्न माग


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाका केही स्थानका घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य एका एक रोक्का गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले सो परियोजना निर्माण गर्दा डुबानमा पर्ने गोरखा र धादिङका धेरै गाउँपालिकाको जग्गाको मुआब्जा वितरण भइसकेको तर आरुघाटबजार, खहरेबजार र आरखेतबजार क्षेत्रको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य सरकारको आदेशमा एकाएक रोक्का गरिएको आरोप लगाएको छ ।

परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारको घरजग्गा चार÷पाँच वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएपछि सो क्षेत्रका बासिन्दा मारमा परेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उक्त अवस्थालाई ध्यानमा राखी सो बजार क्षेत्रमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्ब वितरण गर्न माग गर्ने निर्णय गरेको हो ।

गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, शङ्कर भण्डारीले आ–आफ्नो विचार राखेका थिए ।

यस बाहेक बैठकमा विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचिमाथि छलफल जारी रहेको पार्टी कार्यालयले जनाएको छ ।

गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरे । केन्द्रीय कार्यसमितिको बैठक यही साउन १७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ०६ बजे

‘परान’को प्रिमियर : मध्यान्तरमै रुवाबासी

काठमाडौं – फिल्म प्रचारका लागि दर्शकले आँशु खसालेको भिडियो सामाजिक

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात: पर्यटक उत्साहित

रसुवा– पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात

म एउटा मात्रै फिल्म बनाउन आएको होइन, निरन्तर रहन्छु : व्यवसायी गोल्छा

काठमाडौं – व्यवसायी शेखर गोल्छाले निरन्तर फिल्म निर्माणमा रहने घोषणा

नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी

पोखरा- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा