चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित « Khabarhub

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनबाट सुमन कुमार श्रेष्ठले प्रतिस्पर्धी श्रीरिष पन्तलाई पराजित गरेका हुन्  । श्रेष्ठले एक हजार १५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी पन्तले ८४३ मत प्राप्त गरेका थिए ।

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै बहुमत प्राप्त गरेको छ । श्रेष्ठ प्यानल वाट वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुबेदी, उद्योगतर्फबाट अशोक अधिकारी वाणिज्यतर्फबाट राजेन्द्र ओली र कर्पोरेट बस्तुगत तर्फ वाट नारायण प्रधान विजयी भएका छन् ।

उद्योग वाणिज्य संघ चितवन २०७९–८० का तृतीय उपाध्यक्ष रहेका पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको २०८०–८१ को लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित भए पछि श्रेष्ठले मतदाताहरूलाई धन्यवाद दिँदै आफूले प्रस्तुत गरेको एजेन्डामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफू व्यवसायीहरूको माझमा रहेर र उद्योग वाणिज्य संघले गरेको काम कार्यहरू व्यवसायीहरूलाई जानकारी गराउने उनले बताए ।

पराजित उम्मेदवार पन्तले अध्यक्ष श्रेष्ठलाई बधाई दिँदै व्यवसायीहरूको हकहितका एजेन्डामा काम गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : २९ बजे

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक