चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित « Khabarhub

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनबाट सुमन कुमार श्रेष्ठले प्रतिस्पर्धी श्रीरिष पन्तलाई पराजित गरेका हुन्  । श्रेष्ठले एक हजार १५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी पन्तले ८४३ मत प्राप्त गरेका थिए ।

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै बहुमत प्राप्त गरेको छ । श्रेष्ठ प्यानल वाट वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुबेदी, उद्योगतर्फबाट अशोक अधिकारी वाणिज्यतर्फबाट राजेन्द्र ओली र कर्पोरेट बस्तुगत तर्फ वाट नारायण प्रधान विजयी भएका छन् ।

उद्योग वाणिज्य संघ चितवन २०७९–८० का तृतीय उपाध्यक्ष रहेका पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको २०८०–८१ को लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित भए पछि श्रेष्ठले मतदाताहरूलाई धन्यवाद दिँदै आफूले प्रस्तुत गरेको एजेन्डामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफू व्यवसायीहरूको माझमा रहेर र उद्योग वाणिज्य संघले गरेको काम कार्यहरू व्यवसायीहरूलाई जानकारी गराउने उनले बताए ।

पराजित उम्मेदवार पन्तले अध्यक्ष श्रेष्ठलाई बधाई दिँदै व्यवसायीहरूको हकहितका एजेन्डामा काम गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : २९ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ