व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्छ : अध्यक्ष मल्ल « Khabarhub

व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्छ : अध्यक्ष मल्ल


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । 

झापा चेम्बर अफ कमर्सको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य वस्तुहरूको पहिचान एवं प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् । 

चालु आर्थिक वर्षको ५ महिनामा नै व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेटकै हाराहारीमा हुन थालेको बताए । 

उनले भने ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषि जन्य बस्तुहरुमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी निर्यात  सहजीकरण गरिनुपर्दछ, ।’ 

निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

यसैबीच झापा चेम्बरको छैटौँ साधारणसभाले ओमकृष्ण विमलीलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : २६ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि