विद्युत् महसुल नबुझाएका उद्योगको लाइन जोड्न सरकारको निर्देशन | Khabarhub Khabarhub

विद्युत् महसुल नबुझाएका उद्योगको लाइन जोड्न सरकारको निर्देशन

छानबिनका लागि पूर्वन्यायाधीश लालको नेतृत्वमा आयोग गठन


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जोड्न निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद छानविन गरि प्रतिवेदन पेश गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र उर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गर्दै हाललाई उद्योगहरूको काटिएको विद्युत जोड्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले दुरसञ्चार प्राधिकरणका अध्यक्षको राजीनामा स्वीकृत गरेको छ । रिक्त अध्यक्ष पदमा नियुक्ति लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठन गर्ने र तत्कालका लागि प्राधिकरण सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरिएको उनले बताइन् ।

त्यस्तै बैठकले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा शहीद घोषणा भएका र विवरण फरक परेका शहीदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा छुट भएका शहीदहरूको नाम प्रकाशित गर्ने र थप केहीलाई शहीद घोषणा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विकास  परिषद्मा नेपाल सरकारबाट मनोनयन हुने बिभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, बिभिन्न पदाधिकारीबाट २५ जना सदस्यको मनोनयन गर्ने निर्णय पनि गरेको छ । 

यो पनि…

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : २५ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक